सोमबार ९ फाल्गुन, २०७८
फागुन ९ रामेछाप ,नेपाल सरकार राष्ट्रिय चिया कफी बिकाश बोडको आयोजना तथा सानाकिसान मिलिजुली चिया कफी उत्पादन सहकारी संस्थाको सहकार्यमा आयोजना गरिएको प्रांगारिक कफी उत्पादन प्रविधि सम्बन्धि दुईदिने तालिम गोठगाउँ जनमुखी सहकारीको हल गोठगाउँमा सम्पन्न भएको छ।

नेपाल सरकार राष्ट्रिय चिया कफी बिकाश बोडका निर्देशक दिपक खनाल प्रमुख अतिथि रहेको कार्यक्रम लाई सानाकिसान मिलिजुली चिया कफी उत्पादन सहकारीको अध्यक्ष दिपक दाहालले अध्यक्षता गर्नुभएको थियो भने रामेछाप न.पा.१ गोठगाउँका वडा अध्यक्ष नर बहादुर थापा बिशेश अतिथि रहनु भएको थियो।

रामेछाप न.पा.१ गोठगाउँ र लिखु तामाकोसी गा.पा.३र ४ बाट उपस्थित सानाकिसान मिलिजुली चिया कफी उत्पादन सहकारीको सदस्य हरूलाई नेपाल सरकार राष्ट्रिय चिया कफी बिकाश बोडका अधिकृत चन्द्र पुरीले प्रांगारिक कफी उत्पादन प्रविधिको बारेमा प्रशिक्षण दिएको वडा कार्यालय गोठगाउँका सहायक कम्प्युटर अपरेटर सानाकिसान मिलिजुली चिया कफी उत्पादन सहकारी संस्थाको सचिव दुर्गा बहादुर कठायतले विचार वाटिकालाई जानकारी गराउनु भयो।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कार्यक्रम आयोजकले प्रमाणपत्र समेत प्रधान गरेको थियो ।

तस्विर :दुर्गा बहादुर कठायत