शनिबार ५ चैत्र, २०७८
चैत ५ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशन बाट निर्वाचित कमिटीको पहिलो बैठक मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा आज एवान क्याफे शंखमुलमा सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य विद्यार्थी विभागका इन्चार्ज माधब ढुङ्गेलको प्रमुख अतिथि ,सम्पर्क समन्वय कमिटीको संयोजक श्याम बस्नेत ,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरी बिशेश अतिथि रहनुभएको थियो भने,अतिथिहरूमा प्रदेश कमिटी सदस्य ज्ञान कुमार श्रेष्ठ ,बुद्धिजीवी सिताराम भण्डारी ,रामेछाप जिल्ला कमिटी सदस्य राजेश श्रेष्ठ लगायतका सदस्य हरू,वागमती प्रदेश सम्पर्क कमिटीको सदस्य टेकबहादुर श्रेष्ठ लगायतका सदस्य हरू,राष्ट्रिय युवा संघ नेपालका कार्यालय सदस्य कृष्णहरि केसी लगायतका नेताहरू ,सम्पर्क मञ्चका पूर्व सल्लाहकार मोहन केसी लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।
मञ्चको पहिलो बैठकले ११औं अधिवेशनको समिक्षा गर्दै विभिन्न निर्णयहरू माथि छलफल गरि सर्व सहमत पारित गरेको छ ।
बैठकले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा सम्पर्क मञ्चको भित्ते पात्रो प्रकाशन गर्नुका साथै आगामी स्थानीय निर्वाचन लाई लक्षित गरि सम्पर्क मञ्चका पदाधिकारीहरू , सदस्यहरू तथा पालिकाको पदाधिकारी हरूलाई प्रशिक्षण दिनुका साथै, पालिका तथा वडा भेला १५ दिन भित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।