मंगलवार २० बैशाख, २०७९
बैशाख २०, लुम्बिनी प्रदेश सभाको अधिवेशन ६ महिनापछि आज सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकोले प्रदेशसभाको बैठक ६ महिनापछि बसेको हो ।
संविधान अनुसार बैशाख ३० गते प्रदेशसभा वैठक बसेको ६ महिना पुग्दै थियो । त्यसअघि नै मंगलबार बसेको प्रदेशसभाको बैठक सुरु हुनासाथ विपक्षी नेकपा (एमाले)ले अवरोध गरेको थियो । संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभामा प्रतिपक्षीको मागलाई सुनुवाइ नगरेकाले सदन चल्न नदिने पुरानै अडान दोहो¥याए ।
एमालेले नाराबाजी गरेपछि केहीबेरमै स्थगित भएर दोस्रो बैठक बसेको थियो । एमालेका सांसद विनै बसेको दोस्रो बैठकमा सत्तापक्षका सांसदहरुले एमाले गैरजिम्मेवार भएर प्रदेशसभालाई बन्धक बनाएको आरोप लगाएका छन् ।