शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

बिहीबार ४ कार्तिक, २०७८ विचारवाटिका 1797


नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

कात्तिक ४, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने भएको छ ।

आज बस्ने बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ ।

आजको बस्ने बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे पनि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

एमालेले आगामी ६ गतेदेखि वडा अधिवेशन र कात्तिक ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु