सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

 नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्ज हुने

शुक्रबार २७ जेष्ठ, २०७९ विचारवाटिका 1269


 नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्ज हुने

जेष्ठ २७ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिनको लागि आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने भएको छ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझादारी छ । यस्तै डेपु्टी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी हुनेछिन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु