मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

प्रदेशको सरकारको आवश्यकता नै छैन:अध्यक्ष थापा 

बिहीबार ५ श्रावण, २०७९ विचारवाटिका 2148


प्रदेशको सरकारको आवश्यकता नै छैन:अध्यक्ष थापा 

साउन ५ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यकता नरहेको बताएका छन् ।

बलियो केन्द्रिय सरकार र थप अधिकार सम्पन्न स्थानीय सरकार बनाएपछि अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताएका छन् ।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ’ उनले भने, ‘प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’

काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको अध्यक्ष थापाले बताएका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु