बिहीबार ६ बैशाख, २०८१ (Thursday April 18, 2024)

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

आईतवार २९ श्रावण, २०७९ विचारवाटिका 1662


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

  साउन २९ काठमाण्डांै, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा केही पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक सभामा फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसदीय समितिले पास गरेर विधेयकलाई प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सभामुख अग्नि प्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनुभएको थियो । 

छलफलका क्रममा सत्तारूढ दलले नागरिकता विधेयकको खुलेर स्वागत गरेपनि नेकपा एमालेले भने खुलेर समर्थन पनि गरेको थिएन, खुलेर विरोध पनि गरेको थिएन । नागरिकता विधेयक संसदले पास गरेसँगै नागरिकता पाउनबाट वञ्चित भएका नागरिक नागरिकता पाउने आशामा थिए । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु