बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

 १५ फिट तल टुकुचा भेटियो 

शुक्रबार ३१ भाद्र, २०७९ विचारवाटिका 1693


 १५ फिट तल टुकुचा भेटियो 

भदौ २९ काठमाडौँ, जय नेपाल चलचित्र घरको कम्पाउण्ड खनेर काठमाडौँ महानगरपालिकाले टुकुचा खोला निकालेको छ । 
टुकुचाको अस्तित्व कायममै गराउन महानगरले साउन १२ गते सार्वजनिक सूचनामार्फत अतिक्रमण हटाउन सरोकारवालाका नाममा सूचना समेत जारी गरेको थियो ।

महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार आज नागपोखरीबाट दरबारमार्गतर्फको सडक खण्डमा पर्ने जय नेपाल चलचित्र भवनको कम्पाउण्डबाट खोलो खोज्ने काम थालिएको थियो । डोजरमार्फतले ४० मिनेट खनेपछि खोला भेटियो ।’ खोला प्राप्त गरेको अवस्थाका विषयमा जानकारी दिँदै पाण्डेले भन्नुभयो, ‘स्थायी संरचनाको १५ फिट तल खोलो पाइएको हो ।’ 

यसपछि काठमाडौँ प्लाजासम्मको भागमा खोलाको छोपिएको भाग खोल्ने योजना रहेको नगर प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु