आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

सिन्धुलीकाे गाेलन्जाेर बाट बेपत्ता भएका हायु परिवार पाेखरामा भेटियो ।

सोमबार १२ श्रावण, २०८२ Bichar Batika 1496


सिन्धुलीकाे गाेलन्जाेर बाट बेपत्ता भएका हायु परिवार पाेखरामा भेटियो ।

साउन १२ काठमाडौं ,सिन्धुलीको गोलन्जोर गाउँपालिका–६  बिप्पर कटेरी भन्ने ठाउँबाट बेपत्ता भएका उर्मिला हायुकाे १६ जनकाे परिवार  पोखरामा भेटिएकाे छ।
गत बिहीबार राति या शुक्रबार बिहानदेखि हराएका हायु परिवारलाई आज  पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ,
उनीहरु गत बिहीबार राति या शुक्रबार बिहानदेखि हराएका थिए ।
 गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका 
 हायु परिवारहरूले कास्की प्रहरीलाई दिएकाे बयान अनुसार मजदुी ( लेबर) काम गर्न पोखरामा बस्ने योजनासहितनै सिन्धुलीबाट गाडी रिजर्भ गरेर पाेखरा गएकाे प्रहरीले जनाएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले १६ जना बेपत्ता भएको भन्दै नामावली सहित प्रहरीलाई जानकारी गराएपछि  प्रहरीको अनुसन्धानका क्रममा सुजता हायू भने श्रीमान्‌सँग काठमाडौँमा बस्दै आएको खुलेको  छ ।

हराएको हायु परिवारकाे नाम लिष्ट,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु