सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

 आज फागु पूर्णिमा मनाइँदै

सोमबार २२ फाल्गुन, २०७९ विचारवाटिका 2013


 आज फागु पूर्णिमा मनाइँदै

 फागुन २२ काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।

हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने गरिन्छ ।

होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्मका अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँछ ।

होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु