बिहीबार ९ चैत्र, २०७९ (Thursday March 23, 2023)

उपराष्ट्रपतिको उम्मेदवार छान्न गठबन्धनलाई सकस 

शनिबार २७ फाल्गुन, २०७९ विचारवाटिका 1048


उपराष्ट्रपतिको उम्मेदवार छान्न गठबन्धनलाई सकस 

फागुन २६ काठमाडौं, यहि शनिबार उपराष्ट्रपति चुनावको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ । हिजो भएको राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत ल्याउदाँ एमाले उम्मेदवार सुवास नेम्वाङले १५ हजार ५१८ मात्र मतभार पाए ।

उपराष्ट्रपति चुनावमा पनि यस्तै परिणाम दोहोरिन नदिन एमालेले प्रयास गर्ने देखिएको छ । बिहीबार संसद भवनमा राष्ट्रपतिको चुनावमा मतदान चलिरहँदा कांग्रेस उम्मेदवार पौडेल मत मागिरहेका थिए भने एमाले उम्मेदवार नेम्वाङ मतदानपछिको प्रतिक्रियापछि संसद भवन परिसरमा देखिएनन् ।

राष्ट्रपतिको मतदान चलिरहँदा उपराष्ट्रपतिमा गठबन्धनबाट उम्मेदवारको रूपमा चर्चामा आएका यादवसँग फोटो खिचाउने सांसदहरूको उपस्थिति बाक्लो देखिन्थ्यो । ‘अबको उपराष्ट्रपति उहाँ नै हुनुहुन्छ । त्यसैले फोटो खिचेको,’ गठबन्धनका एक सांसदले भने । त्यो बेलासम्म पार्टीले यादवको उम्मेदवारीबारे कुनै निर्णय गरेकै थिएन । सांसदहरूले घेरेको समयमा यादवले भने, ‘सबैको सद्भाव पाएको छु ।’
 चुनावमा आफ्नो मत दिएर  पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी हुन पुगे । झण्डै एक घण्टा बसेको बैठकले उनैलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय ग¥यो । 

सत्ता गठबन्धनमा अरु दलको दाबी नरहेको र जसपाको उपराष्ट्रपतिमा दाबी स्वाभाविक रहेको पार्टीका नेताहरू बताउँछन् । तर, गठबन्धन दल माओवादीभित्र पनि उपराष्ट्रपतिमा दाबी छोड्न नहुने दबाब रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दल कार्यसमिति बैठकले उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । तर, त्यो निर्णय कच्चा देखियो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवार हुन ४५ वर्ष पुगेको हुनुपर्छ । 

गठबन्धनको अर्को दल जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरिरहेको छ । आज  बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । झा जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज हुन् । यसबारेमा गठबन्धनका दलहरूसँग छलफल गरेर निश्कर्षमा पुगिने पार्टी उपाध्यक्ष अब्दुल खानले बताएका छन् ।

एमालेले आफ्नो उम्मेदवार तय गरिसकेको छैन । जसका लागि एमाले सचिवालय बैठक शनिबार ९ बजे बस्दैछ । उसले महिला उम्मेदवार तय गर्ने भएको छ । ‘हाम्रो उम्मेदवार मनोनयनको दिन बिहान तय हुन्छ । तर, महिला नै हुन्छ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु