शनिबार ४ चैत्र, २०७९
चैत ४ विराटनगर, नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ ।
क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले आज दिउँसो तालाबन्दी गरेको थियो । निडर वातावरणमा निर्वाचन गर्ने सहमति भएपछि ताला खोलेको अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताएका छन् ।
विद्यार्थीलाई धम्की दिएको र ट्रान्सफर भइसकेका विद्यार्थीलाई पनि मतदाताको सूचीमा राखेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।