बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

विश्वविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो : देवकोटा

बिहीबार ९ चैत्र, २०७९ विचारवाटिका 1718


विश्वविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो : देवकोटा

चैत ९ काठमाडौं, राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सरकार त्रिभुवन विश्वविद्यालय (त्रि.वि)को सुधारमा गम्भीर नभएको बताएका छन् ।

हिजो बसेको राष्ट्रिय सभा बैठकको सांसद् देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारका लागि गरिएका प्रयासका चित्कारका समाचार सञ्चार माध्यममा निरन्तर आएको भएपनि सरकार त्रिविको सुधारका लागि गम्भीर नभएको बताए ।

देवकोटाले भने, 'उच्च शिक्षाको ८०–८५ प्रतिशत विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो, त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकार समक्ष जोडदार माग गर्दछु’ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु