शुक्रबार १० चैत्र, २०७९
चैत्र १० काठमाडौं, ’सहकारी’ यो शब्द अहिले यति धेरै चर्चामा छ की यदि कसैले सहकारी भनेको सुन्यो भने सुन्नेले सोच्छ, ठग्यो वा भाग्यो होला तर, सबै सहकारीले ठगेका छैनन् । ती मध्ये धेरैले भाग्नुपर्ने अवस्था आउला भन्ने कल्पना समेत गर्दैनन् ।
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रलाई हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले आत्मसात् गर्दै सबै सदस्यहरूका बिचमा एकताको भावनाको विकास गराउँदै आएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समृद्ध, स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा टेवा पु¥याउने उद्देश्यका साथ खुलेको यो संस्था त्यही काममा दत्तचित्त छ, जुन यसको प्रारम्भिक उद्देश्य थियो ।
संस्थाको नाममा नै जुनारको उत्पादनलाई जोड्नुको खास कारण रहेको संस्थाका प्रबन्ध थापा बताउँछन् । उनले भने, ‘विशेष गरी सिन्धुली र रामेछापबाट काठमाडौं आई बसोबास गरेका कृषकहरूको मौलिक उत्पादनको बजारीकरणका निम्ति टेवा पु¥याउनुपर्छ भन्ने उद्देश्यले जुनार नाम जोडेर बजारीकरणका लागि योगदान गर्ने उद्देश्य सहित काठमाडौंमा यो सहकारीको परिकल्पना गरेका हौँ’।