आईतवार ११ आश्विन, २०८३ (Sunday September 27, 2026)

नेपाललाई त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि

शुक्रबार १७ चैत्र, २०७९ विचारवाटिका 2371


नेपाललाई त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि

चैत्र १७, काठमाडौं नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खेलको अन्तिम ३ मिनेट बाँकी हुदाँ मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो ।

खेल १–१ गोलको बराबरीमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए ।

खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले गोल गरेपनि त्यो गोल अफ साइड भयो ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु