बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

नेपालले कतारसँग आज खेल्दै

बिहीबार १४ बैशाख, २०८० विचारवाटिका 1461


नेपालले कतारसँग आज खेल्दै

 बैशाख १४ काठमाडौं, काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ ।

समूह ए मा रहेको घरेलु टोली नेपाल र कतार  खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ । सो खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

समूह ए मा रहेको नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली रहेका छन् । एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।

 नेपालले समूह ए को विजेता बन्नका लागि कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो । 
यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु