सोमबार १४ आश्विन, २०८१
असाेज १४ काठमाडौं , निरन्तर झरीकाे कारण असाेज १२ गते सुनकाेसी र राेशीमा आएकाे बाढीले छेती पुर्याएकाे वीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन नेकपा ( एमाले) ले सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
आज रामेछाप , सिन्धुली ,उदयपुर र ओखलढुंगाका एमाले नेताहरूले भाैतिक पूर्वाधार मन्त्री देवेन्द्र पाैडेललाई भेटी वीपी राजमार्ग तुरुन्तै खुलाउन तथा खुर्काेट र खैरेनीटारकाे पुल पुन निर्माण गर्नकाे लागि मध्यपहाडी लाेकमार्ग सञ्चालन गर्न एमाले नेताहरूले आग्रह गरेकाे थियाे , जवाफमा भाैतिक पूर्वाधार मन्त्री पाैडेलले पूर्वी र मध्य नेपाललाई काठमाडौं सँग जेड्ने वीपी राजमार्ग दशै अघिनै सुचारु गर्न पहल भैसकेको जवाफ एमाले नेताहरूलाई दिनुभएको नेकपा ( एमाले) जिल्ला कमिटी रामेछापका प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
भाैतिक पूर्वाधार मन्त्री पाैडेललाई भेट्न एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल , उदयपुर २ का सांसद अमर बहादुर रायमाझी ,पूर्व मन्त्री कमल प्रसाद चाैलागाई, गणेश पहाडी ,पूर्व सांसद यज्ञराज सुनुवार ,एमालेका नेताहरू माधब ढुङ्गेल , गीता कार्की , शान्ति प्रसाद पाैडेल, रत्न प्रसाद गाैतम, प्रेम तामाङ ,टंक चाैलागाई ,जिल्ला कमिटी रामेछापका उपसचिव मखमली श्रेष्ठ गायतका रामेछापका नेताहरू मन्त्रालय पुगी मन्त्री दाहाललाई दबाब दिएकाे प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले बताउनु भयाे ।