सोमबार १९ आश्विन, २०८३ (Monday October 05, 2026)

बेइजिङमा ओलीलाई उपमन्त्री बेइदाेङले गरे स्वागत ।

सोमबार १७ मंसिर, २०८१ Bichar Batika 1583


बेइजिङमा ओलीलाई उपमन्त्री बेइदाेङले गरे स्वागत ।

मंसिर १७ काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको टाेली चार दिवसीय चीन भ्रमणको क्रममा आज बेइजिङ पुग्नु भएकाे छ, प्रधानमन्त्री ओलीलाई बेइजपङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदाेङले स्वागत गरेकाे एमाले स्राेतले जनाएकाे छ ।


 प्रधानमन्त्री ओली चीनकाे प्रधानमन्त्री ली छ्याङकाे मैत्रीपूर्ण निमन्त्रणामा आज बेइजिङ जानुभएको थियाे , भेटका क्रममा प्रधानमन्त्री ओली चीनका राष्ट्रियपति सी जिन पिङ ,चिनियाँ समकक्षी  छ्याङ,चीनकाे राष्ट्रिय जनकाँग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजी सग भेटघाट गर्ने तालिका रहेकाे जनाएको छ ।
  भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले  पेकिङ विश्वविद्यालय , बेइजिङ स्थित नेपाली राजदूतावास , चाइना काउन्सिल फर द प्रमाेशन अफ इन्टरनेसनल  ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघकाे संयुक्त आयाेजना हुने नेपाल चीन व्यापार मञ्चलाई सम्वाेधन गर्ने कार्यक्रम तय भएकाे स्राेतले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु