सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

पाेखरामा अन्तर्राष्ट्रिय बेलुन महाेत्सव हुँदै ।

बुधबार ३ पुष, २०८१ BicharBatika 1318


पाेखरामा अन्तर्राष्ट्रिय बेलुन महाेत्सव हुँदै ।

पुुष ३ पाेखरा , नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले यही पुष १० गते अर्थात डिसेम्बर २५ क्रिसमस डे काे दिनदेखि पाेखराकाे पामे क्षेत्रमा बिवाइडी इन्टरनेशनल बेलुन महाेत्सवकाे आयाेजना हुने भएकाे छ ।
       बेलुन नेपाल प्रा.लि.ले नेपालमा पहिलाे पटक पर्यटन क्षेत्रलाई काेराेना महामारी पूर्वकाे अवस्थामा ल्याउन सहयाेग पुग्ने विश्वासका साथ बेलुन महाेत्सवकाे आयाेजना गर्न गहिरहेकाे र नाैदिन सम्म चल्ने पहिलाे संस्करणको बलुन महाेत्सवमा दुई दर्जन बेलुनहरू पर्यटन  राजधानीकाे रूपमा स्थापित पाेखरेली आकाशमा उच्च उचाइमा पुग्ने आयाेजकले जनाएकाे छ ।
     आयाेजकका अनुसार अन्तर्राष्ट्रिय बेलुन महाेत्सवमा संयुक्त राज्य अमेरिका ,स्पेन , थाइल्यान्ड , लिथुआनिया,भियतनाम लगायत विश्वका विभिन्न देशहरूकाे प्रतिनिधित्व हुने छ, चालीस मिनेटकाे उडानमा अन्नपूर्ण ,माछापुच्छ्रे र धाैलागिरी हिमश्रृङ्खला सहित पाेखरा उपत्यकाको मनाेरम दृश्यहरू देख्न सकिने छ, महाेत्सवलाई थप भव्य बनाउन महाेत्सव अवदी भरी हरेक साँझ आतिशबाजी प्रदर्शन ,बेलुन दाैड ,क्याम्पिङ् समेतको आयाेजना हुने आयाेजकले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु