आईतवार २० माघ, २०८१
माघ २० काठमाडौं , नेकपा ( एमाले ) रामेछाप नगरपालिका वडा नं. ७ सुकाजाेर - काठमाडौं सम्पर्क मञ्चको माघ १९ गते शनिबार ईन्देणी रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस जडिबुटीमा सम्पन्न दाेस्राे सम्मेलनबाट युवा व्यवसायी मनिष मगर सर्व सहमत अध्यक्षमा निर्वाचित भएकाे छ ।
सुकाजाेर - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष सन्जिव आले मगरकाे अध्यक्षता, उमेश बस्नेतकाे सञ्चालन तथा नेकपा ( एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेतकाे प्रमुख आतिथ्यतामा आयाेजना गरियकाे दाेस्राे सम्मेलन बाट अध्यक्षमा मनिष मगर , उपाध्यक्षमा रमेश बस्नेत , बुद्विमाया मगर , सचिवमा उर्मिला थापा, उपसचिवमा भावना राउत ,सराेज कुमार मगर र काेषाध्यक्षमा पविना बस्नेत लगायत १५ सदस्यीय कमिटी सर्व सहमत निर्वाचित भएकाे नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले जानकारी गराउनु भयाे ।
कार्यक्रममा मखमली फाउन्डेसन द्वारा आयाेजीत राष्ट्रव्यापी नृत्य प्रतियोगिताका बिजेता चन्द्रावती कार्की र सुकाजाेरकाे स्थानीय कलाकार भावना राउतले नृत्य प्रस्तुत गर्नुकाे साथै गाेठगाउँ - गाेठपानीका चेलि चन्द्रावती कार्कीले मखमली फाउन्डेसन द्वारा आयाेजित राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएकाेमा सुकाजाेर - काठमाडौं सम्पर्क मञ्चको तर्फबाट सम्मान समेत गरेकाे थियाे ।
तस्बिर :- खिल बहादुर श्रेष्ठ