सोमबार २८ बैशाख, २०८३ (Monday May 11, 2026)

मिराज विक्रम सिंहकाे निर्देशन रहेकाे पच्चिमेली देउडा गितकाे भिडियो सार्वजनिक ।

मंगलवार १६ बैशाख, २०८२ Bichar Batika 1284


मिराज विक्रम सिंहकाे निर्देशन रहेकाे पच्चिमेली देउडा गितकाे भिडियो सार्वजनिक ।

बैशाख १६ काठमाडौं , मिराज विक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक भएको छ । मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवम् प्रेरक्षा सिंहको स्वर र दीपक संगम बिसीको मिक्सिङ/माष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो

राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जीसीलाई फिचरिङ गरिएको छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो 

गीतमा शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संगम रहेको छ । प्रेमिल गीतका शब्द जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘सवै टिमले मिहिनेत गरेर उत्कृष्ट सिर्जना श्रोता/दर्शकमाझ पस्किएका छौ आशा छ सबैले मन पराइदिनुहुने छ,’ गीतकार तथा निर्देशक मिराज भन्छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु