शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

भाेटेकाेशीमा आएकाे बाढीले पुर्याएकाे क्षेतीकाे स्थलगत अवलोकन गर्न पुगे प्रधानमन्त्री ओली रसुवा ।

मंगलवार २४ असार, २०८२ Bichar Batika 1442


भाेटेकाेशीमा आएकाे बाढीले पुर्याएकाे क्षेतीकाे स्थलगत अवलोकन  गर्न पुगे प्रधानमन्त्री ओली रसुवा ।

असार २४ काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा पुग्नु भएकाे थियाे ।
  गए राती रसुवा स्थिति भाेटेकाेशी नदिमा आएकाे  बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गर्नुभएको  थियाे । 

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राख्नुभएको छ । 

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री  विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का लगायत  नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुख पनि प्रधानमन्त्री ओलीसँगै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न रसुवा पुग्नुभएको थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु