बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

नेकपा (एमाले)का नेता दोमा सर्की शेर्पाको निधन।

बुधबार २५ असार, २०८२ Bichar Batika 1374


नेकपा (एमाले)का नेता  दोमा सर्की शेर्पाको निधन।

असार २५ काठमाडौं ,नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीका नेता तथा उमाकुण्ड गाउँपालिका वडा नं. १ का वडा कमिटी अध्यक्ष क. दोमा सर्की शेर्पाको ६५ वर्षको उमेरमा दु:खत निधन भएको छ।

शेर्पाको  जन्म वि.सं. २०२५ साल मंसिर १० गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देलमा भएको थियो, श्री महालङ्गुर माविका पूर्व प्रधानाध्यापक तथा नेकपा (एमाले) वागमती प्रदेश शिक्षक संगठनका पूर्व सदस्य समेत रहनुभएका शेर्पाको निधन २०८२ असार २३ गते साेमबार  विहान उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको थियाे ।

शेर्पा प्रति श्रद्धाञ्जली अर्पण गर्न आज आयोजित अन्तिम बिदाइ कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव योगेश भट्टराई, सल्लाहकार परिषद अध्यक्ष  अमृत कुमार बोहरा, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज  कमल प्रसाद चौलागाईं, केन्द्रीय सदस्य  माधव ढुंगेल, गीता कार्की, वागमती प्रदेश कमिटी अध्यक्ष  कैलाशप्रसाद ढुंगेल, प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, जिल्ला अध्यक्ष  पुरुषोत्तम कडरिया, नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च, नगर कमिटी ,गा .पा. कमिटी, वडा कमिटीका प्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू तथा स्थानीय नेतागणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले) सल्लाहकार परिषदका अध्यक्ष  अमृत कुमार बोहराले पार्टीको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

दोमा सर्की शेर्पाको निधनले नेकपा (एमाले) रामेछापलाई अतुलनीय क्षति पुगेको भन्दै पार्टीले शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिराे समवेदना प्रकट गरेको छ, शेर्पाकाे आजै  काठमाडौंको पचलिघाट टेकुमा अन्त्येष्टि गरिएकाे  रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु