शनिबार १४ भाद्र, २०८२
भदौ १४ काठमाडौं , बिषालु किराले टाेकेर गम्भीर बिरामी परेकाे रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ निवासी बुबा माेहन बहादुर कठायत तथा आमा रमा कठायतकाे ११ महिने छाेरी एलिसा कठायतलाई गाेठगाउँ सराेकार समाजकाे पहलमा संकलित आर्थिक सहयाेग रकम पचासी हजार दुई सय सत्तरी रूपैयाँ सराेकार समाजकाे आजीवन तथा सल्लाहकार सदस्यहरू पदाधिकारीहरू तथा आजीवन सदस्यहरूकाे उपस्थितिमा गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाले बिरामीको बुबा माेहन बहादुर कठायत , आमा रमा कठायत र दाइ विक्रम कठायतलाई संयुक्तरूपमा हस्तान्तरण गर्नु भएकाे छ ।


बच्चालाई धेरै दिन सम्म ज्वरो ठिक नभए पछि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याउदा चेकजाँच गरि केहिदिन पछिकाे रिपोर्टमा बच्चालाई बिषालु किराकाे टाेकाईकाे कारण शरीर भरि इन्फेक्शन भैलिएकाेले भेन्टिलेटरमा राखेर उपचार गरेमात्र बच्चाको उपचार हुन सक्ने डाक्टरहरूकाे सुझाव बमोजिम बिगत एघार दिनदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर बच्चाको उपचार भैरहेको अभिभावकले जानकारी गराय।


धेरै दिन सम्म भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्दा धेरै खर्च भैसकेको आफ्नाे आर्थिक अवस्था पनि सामान्य रहेकाेले आफ्नाे बच्चाको जीवन रक्षाकाे लागि बच्चाको अभिभावकले गाेठगाउँ सराेकार समाजलाई आर्थिक सहयाेगकाे गरिदिन गरेकाे अनुराेधलाई आत्मासात गर्दै गाेठगाउँ सराेकार समाजले गत आईतवार देखि एलिसा कठायतकाे लागि आर्थिक सहयाेग अभियान सञ्चालन गरिएकाे थियाे छ दिनकाे सहयाेग अभियानमा गाेठगाउँ सराेकार समाजकाे पदाधिकारीहरू आजीवन तथा सल्लाहकार सदस्यहरू तथा आजीवन सदस्यहरू लगायत देश बिदेश बाट गाेठगाउँ सराेकार समाजलाई विश्वास गरि आर्थिक सहयाेग गर्नुहुने त्रिर्सठी जना सहगाेय दाताहरू बाट संकलित रू पचासी हजार दुई सय सत्तरी रूपैयाँ सहयाेग रकम हस्तान्तरण गर्न सफल भएकाे गाेठगाउँ सराेकार समाजकाे सचिव मीन बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
सहयाेग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष संयज कुमार थापाले संस्थाले विगतमा पनि धेरै बिरामीलाई आर्थिक सहयाेग गर्दै आहिरहेकाे जानकारी गराउनु हुँदै संस्थाले चलायकाे आर्थिक सहयाेग अमियानमा संस्थालाई विश्वास गरे विभिन्न ठाउँबाट आर्थिक सहयाेग गर्नुहुने सहयाेग दाताहरू लाई धन्यवाद व्यक्त गर्दै एलिसा कठायतलाई अझै काेहि थप सहयाेगी दाताहरूले सहयाेग गर्न चाहानु हुन्छ भने एलिसाकाे दाइ विक्रम कठायतकाे इसेवामा सहयाेग गर्न सक्नुहुने समेत जानकार गराउनु भयाे ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ ,