आईतवार १६ माघ, २०७८
माघ १६, रामेछाप । गोठगाउँ सरोकार समाज र आधुनिक कृषि सहकारी संस्था लि. द्वारा आयोजित व्यवसायीक तरकारी खेती, उद्यमशिलता तथा वातावरण संरक्षण सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम माघ १४ र १५ गते सम्पन्न भएको छ ।
गाउँघरका कृषकहरूलाई कसरी व्यवसायीक कृषक तथा उद्यमी बनाउन सकिन्छ भन्ने उदेश्यका साथ आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सि.टि.ई.भि.टि. मन्थलीका कृषि बिभाग प्रमुख पवन दाहालले व्यवसायीक तरकारी खेतीको बारेमा प्रशिक्षण दिनुभयो, युवा उद्यमी ,आधुनिक कुषि सहकारीका अध्यक्ष तथा गोठगाउँ सरोकार समाजका सल्लाहकार भानुभक्त श्रेष्ठले कसरी सफल उद्यमी तथा व्यवसायी बन्न सकिन्छ भन्ने सुत्र सहितको प्रशिक्षण दिनुभयो उहाँले सगँसगै सहकारीको बारेमा समेत जानकारी गराउनु भयो, श्री चण्डेश्वरी मा .वि.का प्र.अ. केशवराज सापकोटाले पनि व्यवसायीताको बारेमा प्रशिक्षण गराउनु भयो, वातावरण संरक्षण कर्मी माधब ढकालले वातावरण संरक्षणको बारेमा जलवायु परिवर्तन ,त्यसको असर र समाधानको उपायबारे प्रशिक्षण गराउनु भयो ।
माघ १४ गते शुक्रबार श्री चण्डेश्वरी मा.वि. गोठपानीमा र माघ १५ गते शनिबार गोठगाउँ जनमुखी सहकारीको हलमा सरोकार समाजका अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा प्रमुख अतिथि रामेछाप न.पा.१ गोठगाउँका वडा अध्यक्ष नर बहादुर थापा, अतिथिहरूमा जनप्रतिनिधि बिमल कुमार कठायत, सिर कुमारी श्रेष्ठ ,वडाका कार्यभार सचिव तथा वडा प्रविधिक केशव प्रसाद दाहाल ,सायक प्रविधिक दुर्गा बहादुर कठायत समाजसेवी वाबुराम कार्की ,ठेट कुमार श्रेष्ठ ,दिलिप श्रेष्ठ ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ,गोठपानी बचत तथा ऋण सहकारीको अध्यक्ष बलविक्रम थापा, शिक्षक सत्यनारायण श्रेष्ठ ,प्रदिप थापा मगर लगायतका व्यक्तिहरू उपस्थित हुनुहुन्थयो ।