बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

सम्पादक ढुंगानामाथि भएकाे आक्रमण प्रति पत्रकार महासंकाे ध्यानाकर्षण ।

बुधबार १ आश्विन, २०८२ Bichar Batika 1319


सम्पादक ढुंगानामाथि भएकाे आक्रमण प्रति पत्रकार महासंकाे ध्यानाकर्षण ।

असाेज १ काठमाडौं ,कोल्हवी डटकमका सम्पादक अशेष ढुंगानामाथि भएको आक्रमणको  घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । 
गत भदौ २४ गते जेन–जी समूहले बाराको कोल्हवीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुंगानालाई आन्दोलनकारीले आक्रमण गरेको महासंघ बारा शाखाले जनाएको भन्दै महासचिव रामप्रसाद दाहालले आक्रमणको भर्त्सना गरेका छन् । 
जनतालाई सुसूचित गर्ने कार्यमा खटिएको पत्रकारको पेसाको सम्मान गर्न पनि महासचिव दाहालले आग्रह गर्दै घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायसँग महासंघले माग गरेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु