बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

माेटरसाइकल र टाटामाेबाइल गाडी एक आपसमा ठाेकीदा माेटरसाइकल चालक घाइते ।

मंगलवार ७ आश्विन, २०८२ Bichar Batika 1442


माेटरसाइकल र टाटामाेबाइल गाडी एक आपसमा ठाेकीदा माेटरसाइकल चालक  घाइते ।

असाेज ७ धनकुटा , आज दिउसो  धनकुटा बजारमा माेटरसाइकल र टाटामाेबाइल गाडी एक आपसमा ठाेकीदा माेटरसाइकल चालक  घाइते भएकाे छ ।
धनकुटा नगरपालिका ६, गोकुण्डेखोलानजिक भएकाे  
दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका- ६ का ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे घाइते भएको प्रहरीले बताएको छ । 
भीमनारायण चोकबाट धनकुटा नगरपालिकातर्फ जाँदै गरेको को.१च ९९३८ नम्बरको टाटामाेवाइल गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.२६प ७७७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएकाे थिए उक्त दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।   
दुर्घटना भए लगत्तै उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको भए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको घाइते पार्वती घिमिरेको टाउकोमा गहिराे चोट लागेको प्ररहरीले जनाएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु