बिहीबार २५ असार, २०८३ (Thursday July 09, 2026)

काठमाण्डौको त्रिपुरेश्वरमा २५ वर्षिय एक युवाले आफ्नै शरीरमा आगो लगायर आत्मदाह प्रयास गर्दा गम्भीर घाइते ।

बिहीबार २५ असार, २०८३ Bichar Batika 1104


काठमाण्डौको त्रिपुरेश्वरमा २५ वर्षिय एक युवाले आफ्नै शरीरमा आगो लगायर आत्मदाह प्रयास गर्दा गम्भीर घाइते ।

असार २५ काठमाडौं ,काठमाण्डौको त्रिपुरेश्वर स्थित राहदानी विभागको प्रवेशद्वार अगाडि २५ वर्षिय एक युवकले आफ्नै शरीरमा आगाे लगाउँदा आत्मदाह प्रयास गर्दा गम्भीर घाइते भएको छ ।
प्रहरीका अनुसार दिउँसो पौने २ बजेतिर राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका  गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनुभएको थियाे,राइड शेयरिङ को काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि विवादसमेत भएको पाइएको छ ।
पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाण्डौ जिल्ला प्रहरी परिसरले जनाएको छ ,शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु