बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

इन्द्रसरोवरमा ईभी दुर्घटना : चार जनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर

बुधबार ३१ भाद्र, २०८३ Bichar Batika 1129


इन्द्रसरोवरमा ईभी दुर्घटना : चार जनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर

 भदौ ३१ मकवानपुर , मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा यात्रुवाहक ईभी गाडी  भीरबाट खस्दा चार जनाको मृत्यु भएको छ, दुर्घटनामा चार जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्।
दुर्घटनामा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया बबियाकुमारी यादव, कलैयाका २० वर्षीय चालक अमिर अन्सारी र मकवानपुरका राजकुमार स्याङतान घाइते भएका छन्, तामाङ, अन्सारी र स्याङतानको अवस्था गम्भीर तथा यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ,यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीन घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
मंगलबार दिउँसो करिब २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सल्लेमा दुर्घटनामा परेको थियाे,  भीरबाट खसेर दुर्घटना भएकाे ईभीमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ,मृतकको शव हेटौँडा अस्पताल ल्याइएको छ, दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु