सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

छत बाट खस्दा टाउकाेमा गम्भीर चाेट लागेको आले मगरलाई रामेछाप नगर कमिटी द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

आईतवार २३ असार, २०८१ विचारवाटिका 1856


छत बाट खस्दा टाउकाेमा गम्भीर चाेट लागेको आले मगरलाई  रामेछाप नगर कमिटी द्वारा आर्थिक सहयोग  हस्तान्तरण ।

असार २३ रामेछाप , छत बाट खस्दा टाउकाेमा गम्भीर चाेट लागेकाे रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ७ सुकाजाेरका कुमार आले मगरलाई नेकपा ( एमाले) रामेछाप नगर कमिटीले आर्थिक सहयाेग हस्तान्तरण गरेकाे छ ।


 कामकाे शिलशिलामा गण्डकी प्रदेश कास्की जिल्ला पाेखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइडमा बस्दै आएका आले मगर पानीकाे ट्रयांकी सफा गर्ने क्रममा चिप्लिएर छतबाट खस्दा टाउकाेमा गम्भीर चाेट लागि हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल  रामघाट पाेखरामा उपचार गराई रहेकाे आले मगरलाई रामेछाप युवा संघकाे नेता सन्जिव आले मगरकाे विषेश  सक्रियता तथा नेकपा  (एमाले ) रामेछाप नगर कमिटीकाे पहलमा संकलित सहयाेग रकम ५६ हजार ५ सय नगद रामेछाप नगर कमिटीको अध्यक्ष राेेशन पाख्रीन, रामेछाप जिल्ला कमिटी सदस्य राम बहादुर बुढाथोकी , रामेछाप नगर कमिटी उपाध्यक्ष श्याम कुमार श्रेष्ठ , सचिब माधव ढकाल, युवा संघका नेता सन्जिव आले मगर रामेछाप नगरका नेताहरूकाे उपस्थितिमा कुमार आले मगरकाे परिवारलाई सहयाेग रकम हस्तान्तरण गरेकाे थियाे ।

                           तस्बिर :- सन्जिव आले मगर,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु