सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

जेनजी आन्दोलनको क्रममा ताेडफाेड आगजनी र लुटपाटका अनुसन्धानमा सहयाेग गर्न कास्की प्रहरीको अनुराेध ।

बुधबार ८ आश्विन, २०८२ Bichar Batika 1569


जेनजी आन्दोलनको क्रममा ताेडफाेड आगजनी र लुटपाटका अनुसन्धानमा सहयाेग गर्न कास्की प्रहरीको अनुराेध ।

असाेज ८ कास्की , गएकाे भदाै २३ र २४ गते  जेनजी आन्दोलनको क्रममा ताेडफाेड आगजनी र लुटपाटका घटनाहरू अनुसन्धानमा सहयाेग गर्न कास्की प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।
सुरक्षा निकायका हातहतियारसहित अन्य लुटपाट गरिएका सामग्री लुकाइछिपाइ राखिएको जानकारी भएमा प्रहरीलाई खबर गर्नुुकाे साथै विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सिसि टिभीका फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्डलगायत प्रमाणजन्य सामग्री उपलब्ध गराई घटनाको अनुसन्धानमा सघाउन समेत प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यायलले सार्वजनिक सूचनामार्फत विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सूचना र प्रमाणजन्य सामग्री उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनियता कायम गरिने जनाएको छ ।
प्रदर्शनकारीले कास्कीका सुरक्षा निकाय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजानी, तोडफोड र लुटपाट गरेका थिए । पोखरामा रहेका तीनै तहका सरकारका अधिकांश कार्यालय भवन आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु