शुक्रबार १९ मंसिर, २०८२
मंसिर १९ दाङ, स्थानिय सरकारले युवाहरुलाई स्थानिय स्थरमै स्वोरजगारमुलक शिप सिकाएर आत्मनिर्भर गराउनको लागि सञ्चालन गरिने तालिममा सहभागीहरु नै पाउन गारो भएको घोराही उपमहानगरपालिकाको नगर प्रमुख नरुलाल चौधरीले एक कार्यक्रममा बताउनु भयाे ।
घोराही उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले स्थनिय सरकारले युवा स्वोराजगारको लागि बनाएको योजनाको बारेमा प्रश्न राखेपछि, युवाहरुलाई बैदेशिक रोजगार नगई स्वदेशमा नै केही सिप सिकेर देशमै उद्यम गरेर बस्न सक्ने बातावरण बनाउन घोराही उपमहानगरपालिकाले बिभिन्न शिपमुलक तालिममा ड्राईभिङ, पलम्बर, कुक,बेल्डीङ सिलाईकटाई, ब्युटीपार्लर लगायतका तालिमहरु सञ्चालन गर्नको लागि पालिकाले दोहोरो तेहरो बिज्ञापन गर्दा बल्ल बल्ल सहभागीहरु भेटीने र तालिमको शुरुवात गर्दा सहभागी संख्या केही मात्रमा भएपनि तालिम सकिदा उक्त संख्या घटेर न्युन हुने गरेको नगर प्रमुख चौधरीले बताउनु भयाे ।

उपमहानगरपालिका वडा नम्बर १,२,३,४ र १७ ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयमा उपमहानगरपालिकाको प्रथम त्रैमासिक सार्बनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडा नम्बर १७ मा खानेपानिको समस्या भएको, पालिका भित्र खेलमैदानको अभाग रहेको, १७ नम्बर वडाबाट नदिजन्य सामाग्री उत्खनन् भैरहको तर उक्त उत्खनन् बाट उठेको राजश्वबाट स्थानिय स्थरमा केही पनि सहायता नभएको, जेष्ठ नागरिकमैत्री कार्यक्रमहरु प्रभावकारी नभएको जस्ता धेरै गुनासोहरु उक्त सार्बजनिक सुनवाई कार्यक्रमका सहभागीहरुले प्रमुख तथा सरोकावाला ब्यक्तिहरु समक्ष राखेको थिए ।कार्यक्रमका सहभागीहरुले राखेका गुनासोहरुको समाधानका लागि नगरप्रमुख चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर २, वडा नम्बर १७ का वडा अध्यक्षहरु तथा शाखा प्रमुखहरुले समस्या समाधानका लागि जवाफ दिएका थिए ।

घोराही उपमहानगरपालिकाकाे पाच वटा वडा भित्रकाे धेरै सहभागीहरुको उपस्थितिमा सञ्चालन भएको सार्बजनिक सुनुवाईका प्रमुख सरोकारवाला ब्यक्तिहरुको रुपमा घोराही उपमहानगरपालिकाकाे नगरप्रमुख चौधरी, उप प्रमुख, डि.सी, प्रमुख प्रशासकिय अधिकृत केसी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राममणी पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष चित्र बहादुर चौधरी, वडानम्बर ३ का वडा अध्यक्ष राम प्रशाद चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा,वडा नम्बर १७ का वडा अध्यक्ष राम लौटन चौधरी, उपमहानगरपालकाकाे सुचना अधिकारी भिम बहादुर चौधरी, ५ वटै वडाका सचिवहरु, रामपुर प्रहरी चौकीका ईन्चार्ज, रामपुर स्वास्थ्यचौकीका ईन्चार्ज रहनु भएकाे थिए।
झण्डै ३ घण्टा सम्म चलेको कार्यक्रम बाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताहरु सुनुवाई पुर्ब वडामा गरिएको बहिर्गमन अभिमतमा वडा नम्बर १७ मा खानेपानीको समस्या रहेको भन्ने आएकोले तत्काल समाधान गर्ने, वडा नम्बर २ मा रहको गंगा माध्यामिक बिद्यालयको खेलमैदान स्थानियबाट हुने खुला चौपाया तथा लागु पदार्थ प्रयोगका सम्बन्धमा बिद्यालय ब्यवस्थापन समिति, प्रहरी प्रशासन र स्थानियहर सँग संबाद गरी समाधान गर्ने, पालिका भित्रको घरपालुवा र छाडा कुकुर ब्यवस्थापनको लागी स्थायी बन्ध्याकरण गर्दै आएकोमा सो कार्यक्रमलाई थप वृद्धि गर्दै लैजाने, पालिका भित्रको खेलमैदानको लागि आबश्यक पुर्बाधार निर्माणका लागि आबश्यक्ताको आधारमा बजेट बिनियोजन गर्ने, जेष्ठ नागरिकहरुलाई पालिकाले प्रबाह गर्दै आएको सेवा र सुबिधा सबै जेष्ठ नागरिकहरुकाे पहुच पुग्ने गरी बितरण गर्ने लगायतका बुदाहरूमा हस्ताक्षर भएकाे थियाे।

सार्वजनिक सुनुवाई कार्यक्रममा घोराही उपमहानगरका सुचना अधिकारी भमि बहादुर चौधरीले स्वागत मन्तव्य , बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले बर्हिगमन प्रतिबेदन र नागरिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थिएभने कार्यक्रम सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गर्नु भएकाे थियाे ।