शनिबार ९ जेष्ठ, २०८३
जेष्ठ ९ काठमाडौं, लाेकतन्त्र रक्षाका लागि पुरानो तिन दलकाे सहमति पछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
हिजाे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो , १०२ सदस्यीय मधेश प्रदेशसभामा आज १०० जना सांसद उपस्थित भएका थिए ।
यादवलाई आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विश्वासको मत दिएका थिए, भने जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिएका थिए ।