बुधबार १३ जेष्ठ, २०८३ (Wednesday May 27, 2026)

गोकर्णेश्वरमा बर्ड फ्लु सङ्क्रमण पुष्टि ,उच्च सतर्कता अपनाउन नगरपालिकाकाे अपील ।

मंगलवार १२ जेष्ठ, २०८३ Bichar Batika 1116


गोकर्णेश्वरमा  बर्ड फ्लु सङ्क्रमण पुष्टि ,उच्च सतर्कता अपनाउन नगरपालिकाकाे अपील ।

जेष्ठ १२ काठमाडौं, काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाकाे विभिन्न वडामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउन नगरपालिकाले सार्वजनिक अपील गरेको छ ।
नगरपालिकाकाे वडा नम्बर २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि त्यो क्षेत्रका पक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी सङ्क्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ ।
रोग फैलिन नदिन नगरपालिकाले पक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा रोक लगाएको छ ,एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निःसङ्क्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु