शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

दिदी बहिनी समाजकाे आयोजना तथा सामाजिक बिकासकाे सहकार्यमा महिलाहरूकाे लागि फ्रीडम कीट व्याग बनाउने तालिम ।

शुक्रबार २२ जेष्ठ, २०८३ Bichar Batika 1088


दिदी बहिनी समाजकाे आयोजना तथा सामाजिक बिकासकाे सहकार्यमा महिलाहरूकाे लागि फ्रीडम कीट व्याग बनाउने तालिम  ।

जेष्ठ २२ नेपालगन्ज, दिदी बहिनी समाज बाँकेको आयोजना तथा सामाजिक बिकास डिभिजन बाँकेको सहकार्यमा महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा जेष्ठ १९ गते देखि जेष्ठ २५ गतेसम्म  सञ्चालन भैरहेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याड बनाउने तालिम आयोजना गरिएको आयाेजक संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष रमादेबी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको थियाे ,कार्यक्रममा सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको गर्नुकाे साथै कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

प्रमुख अतिथी थापाले सिपमुलक तालिमबाट सीप बिकास हुने आशा व्यक्त गर्दै आयाेजकलाई धन्यवाद दिनुभएको थियाे ,कार्यक्रममा गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह लगायतले मन्तव्य राख्नु भएकाे थियाे, सात दिनसम्म सञ्चालन उक्त तालिममा अनिता न्यौपाने र पार्वती कठायतले प्रशिक्षण दिहिरहेकाे छ भने तालिममा २० जना किशोरी तथा महिलाहरुकाे सहभागी रहेकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु