शुक्रबार १२ असार, २०८३
असार १२ काठमाडौं , फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार सम्पन्न रोमान्चक खेलमा ट्युनिसियालाई ३–१ ले नेदरल्यान्ड्स समूह ‘एफ’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
खेलको तेस्रो मिनेटमै ट्युनिसियाका इलएस सखिरीले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा अप्रत्याशित अग्रता लिएको थियो , उक्त सुरुवाती धक्काबाट ट्युनिसिया सम्हालीन नपाउँदै त्यसको चार मिनेटपछि (सातौँ मिनेटमा) ब्रायन ब्रोबेले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाएकाे थियाे ,दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्दै ट्युनिसियाका हाजेम मस्तुरीले ५६औँ मिनेटमा एक गोल फर्काए पनि ट्युनिसियाको त्यो खुसी धेरै बेर टिक्न सकेन ,६२औँ मिनेटमा जान पल भान हेक्केले नेदरल्यान्ड्सका लागि तेस्रो गोल थप्दै टोलीको सहज जित सुनिश्चित गरेकाे थियाे ।
जितसँगै नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेकाे छ अब उसले नकआउट चरणमा मोरक्कोको सामना गर्नेछ , ट्युनिसिया भने समूह चरण बाटनै बाहिरिएको छ ।