आईतवार ७ भाद्र, २०८३ (Sunday August 23, 2026)

आज असार १५ राष्ट्रिय धान दिवस र यसकाे महत्त्व ।

सोमबार १५ असार, २०८३ Bichar Batika 1289


आज असार १५ राष्ट्रिय धान दिवस  र यसकाे महत्त्व ।

असार १५ काठमाडौं , असार १५ आजकाे दिन नेपालमा धान रोपाइँको मुख्य दिन तथा राष्ट्रिय धान दिवसकाे रूपमा मनाउने गरिन्छ , आजकाे दिन विशेष गरी किसानहरूको मेहनतको सम्मान गर्ने, धान खेतीको महत्त्व बुझाउने र कृषि उत्पादन बढाउन प्रेरणा दिने उद्देश्यले मनाउने गरिन्छ ।
नेपाल कृषिप्रधान देश भएकाले धेरै मानिसको जीविकोपार्जन कृषि र विशेष गरी धान खेतीमा निर्भर छ,धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसले देशको खाद्य सुरक्षामा ठूलो योगदान पुर्‍याउँछ, किसानहरूको श्रमको सम्मान गर्दै  हौसला बढाउन यो दिन विशेष महत्त्वका साथ मनाइने गरिन्छ ।

नेपाल सरकारले वि.सं. २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवस का रूपमा मनाउन थालेको थियाे, त्यसयता प्रत्येक वर्ष असार १५ गतेकाे दिन  देशभर विभिन्न कार्यक्रमकाे आयोजना गरि राष्ट्रिय धान दिवस मनाउने गर्दछ ।
आजकाे दिन किसानहरू सामूहिक रूपमा हिलोमा रमाइलो गर्दै गीत गाउने, नाच्ने र रोपाइँ महोत्सव आयोजना गरिन्छ मनाउने गर्दछ,विभिन्न स्थानमा कृषि प्रदर्शनी, गोष्ठी तथा किसानहरू लाई सम्मान कार्यक्रम समेत गर्दछ, आज दिन नेपालीहरू आफ्नाे परिवारहरू जम्माभै दही–चिउरा खाने परम्परा छ, दही चिउराले शरीरलाई शीतलता दिने र ऊर्जा प्रदान गर्ने परिकार मानिन्छ।

असार १५ केवल कृषि पर्व मात्र होइन, नेपाली संस्कृति र परम्परासँग पनि जोडिएको छ,रोपाइँका बेला किसानहरूले असारे गीत गाउँदै हिलोमा काम गर्दा थकान कम हुने र आपसी मेलमिलाप समेत  बढ्ने विश्वास गरिन्छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु