मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको मिनि बस दैलेखमा दुर्घटना एक जनाकाे मृत्यु ,एक यात्रु अचेत अबस्थामा उद्धार अन्न यात्रुको खोजी कार्य जारी ।

बिहीबार १८ असार, २०८३ Bichar Batika 1221


सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको मिनि बस दैलेखमा दुर्घटना एक जनाकाे मृत्यु ,एक यात्रु अचेत अबस्थामा उद्धार अन्न यात्रुको खोजी कार्य जारी ।

असार १८ दैलेख, सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको उक्त मिनीबस बुधबार बिहान  कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडा नजिकै दुर्घटना भएकाे छ ।
 बस सडकबाट अनियन्त्रित भई करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेको थियो,दुर्घटना लगत्तै सुरु गरिएको खोजी तथा उद्धार कार्यका क्रममा अप्ठ्यारो भिरमा अड्किएको अवस्थामा एक युवकको शव फेला परेको उक्त शवलाई सुरक्षाकर्मीको टोलीले बाहिर निकालेको भए पनि मृतकको पहिचान भने अझै खुल्न नसकेकाे घटनास्थलमा खटिएका सुरक्षाकर्मीले  जानकारी गराउनु भयाे ।

दुर्घटनाको केही समयभित्रै घटनास्थलबाट एक जना यात्रुलाई जीवितै तर अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइसकिएको र गाडीमा कति जना यात्रुहरू सवार थिए भन्ने यकिन तथ्यांक अझै खुल्न नसकेकाले नदीमा बेपत्ता भएका हुन सक्ने अन्य सम्भावित यात्रुहरूको खोजी कार्यलाई आज बिहीबार पनि बिहानै देखि तीव्र पारिएको छ, जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भौगोलिक विकटता र नदीको तीव्र बहावका बिच खोजी कार्यलाई प्रभावकारी बनाउन ठुलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ,यसका साथै उद्धार कार्यमा थप मद्दत पुर्‍याउन सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र स्थानीय प्रहरी चौकी पाल्तडाबाट समेत संयुक्त उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु