शनिबार २० असार, २०८३
असार २० काठमाडौं , विभिन्न आठ संस्थाद्वारा संयुक्त आयाेजित तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्राविधिक सहयाेगमा खुल्ला रक्तदान कार्यक्रम इन्द्र चाेक काठमाडौंमा भव्यरूपमा सम्पन्न भएकाे छ ।



रक्तदान कार्यक्रमलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एल तथा Lions Club Of Sheshmati , पुरानाे बानेश्वर टाेलबासी संस्था ,ब्लड डाेनर्स एसाेसिएशन नेपाल काठमाडौं जिल्ला मध्ये क्षेत्र ,Fight For Life Nepal, Lions Club Of Kathmandu Temple Valley, ,Lions Club Of Kathmandu Gaurishankar, Kind Heart Lions Club Of Kathmandu ,र Bajrangi Fitness ले संयुक्त रूपमा आयाेजना गरेकाे थियाे ।



रक्तदान कार्यक्रम Lions Club Of Sheshmati का अध्यक्ष निलम कपाली , पुरानाे बानेश्वर टाेलबासी संस्थाका अध्यक्ष लक्ष्मण जाेशी, ब्लड डाेनर्स एसाेसिएशन नेपाल काठमाडौं जिल्ला मध्ये क्षेत्रका सचिव दिनेश महर्जन लगायत आयाेजक संस्थाका पदाधिकारी तथा सञ्चालक हरूकाे उपस्थिति रहेकाे थियाे ।



असारे झरिकाे बाबाजुत पनि उल्लेखनीय रक्तदाताहरू सहभागीभै आफ्नाे अमुल्य रगत दान गरेकाे थियाे ।



