सोमबार २९ असार, २०८३
असार २९ काठमाडौं , नेपाल मेडिकल कलेजमा असार २६ गतेदेखि १५ दिनेसम्म च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ , शुक्रबार कलेजका प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै २ सातासम्म हुने च्यारिटी स्पोर्ट्स फेस्टको सुरुवात गर्नुभएकाे थियाे ।

म्याराथुनमा पुरूष तर्फ अजय क्षेत्री प्रथम सुमन तामाङ द्वितीय र मनिष ऐर तृतीय भएका थिय भने महिला तर्फ सन्ध्या पाैडेल प्रथम राेशीका बैद्य द्वितीय र दर्शिता भण्डारी तृतीय भएका थिय , उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएकाे थियाे ।


साे अवसरमा बाेल्दै प्रबन्ध निर्देशक डा. यासमिनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताउनु भयाे , विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरुको अध्यापन तथा अतिरिक्त कृयाकलापमा सहयोग पुर्याउन कलेज प्रशासन सदैव साथ रहने उहाँकाे प्रतिबद्धता छ ।

स्वास्थ्य तर्फ हाम्रो प्रयास (OATH) सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागीता रहेको छ , विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।
स्पोर्ट्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जी लगायतका प्रतियोगिताहरु हुने स्वास्थ्य तर्फ हाम्रो प्रयासकी अध्यक्ष डा. असिमा गौतमले बताइन् , कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, फ्याकल्टी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।