मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

बेल्जियमलाई २-१ ले हराउँदै स्पेन १६ वर्ष पछि सेमिफाइनलमा प्रवेश ।

शनिबार २७ असार, २०८३ Bichar Batika 1320


बेल्जियमलाई २-१ ले  हराउँदै स्पेन १६ वर्ष पछि सेमिफाइनलमा प्रवेश  ।

असार २७ काठमाडौं ,फिफा विश्वकप फुटबलमा बेल्जियमलाई २-१ ले  हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गर्न सफल भएकाे छ,खेलकाे ८८ औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका मिकेल मेरिनोले निर्णायक गोल गरेपछि  बेल्जियमलाई २-१ ले पराजित गर्दै स्पेन १६ वर्ष पछि  सेमिफाइनलमा प्रवेश गर्न सफल भएकाे छ ।
बेल्जियमले खेलमा दुबै गोल गोलरक्षकले वानटच समाउन नसकेपछि रिबाउन्डमा खाएका थिय,पहिलो रोजाइका गोलरक्षक थिवाउट कोर्टुवा इन्जुरी पछि दोस्रो हाफमा मैदान छाडेपछि मैदानमा आएका सेन लामेन्सले निर्धारित समयको २ मिनेट बाँकी रहँदा गोल खान पुगेका थियाे ,करिब २५ यार्डबाट पाउ कुबार्सिसले गरेको प्रहारलाई वानटच समाउन नसक्दा पाएको रिबाउन्डलाई सब्स्टिच्युट मकेल मेरिनोले गोलमा परिणत गर्दै स्पेनको जित निश्चित गरेका थिय ।
त्यसअघि खेलको ३० औं मिनेटमा फावियन लुइजको गोलमा स्पेनले अग्रता लिएको थियो,तर ४२ औं मिनेटमा चार्लेस डि केटेलाएराले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए, उनले कास्टाग्नेकको क्रसलाई आकर्षक हेड गर्दै टिमका लागि बराबरी गोल गरेका थिए, दोस्रो हाफको अन्तिम समयमा बेल्जियम गोल खान पुग्दा प्रतियोगिताबाट बाहिरियकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु