सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

पत्रकार श्रेष्ठ पक्राउकाे विरोधमा पत्रकारहरू प्रहरी कार्यालयमा धर्न ।

बिहीबार २८ श्रावण, २०८३ Bichar Batika 1204


पत्रकार श्रेष्ठ पक्राउकाे विरोधमा  पत्रकारहरू  प्रहरी कार्यालयमा धर्न ।

साउन २८ काठमाडौं ,  आस्था मिडियाका प्रा.लि.का अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार तथा सञ्चारकर्मीले  काठमाडौं प्रहरी कार्यालयमा  धर्ना दिएका छन् ।
समाचार प्रकाशनसम्बन्धी विषयमापत्रकार  श्रेष्ठलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित निवासबाट प्रहरीले पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी प्रहरी परिसर पुगेका थिए , उनीहरूले नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गर्दै पत्रकारहरूले प्रकाशन गरेकाे समाचारमा चित्त नबुझे स्थापित कानुनी तथा प्रेससम्बन्धी प्रक्रियाबाट समाधान खोज्नुपर्ने भन्दै समाचार प्रकाशनकै विषयमा सम्पादकलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ लगायत पत्रकारसम्बद्ध संस्थाले घटनाप्रति आपत्ति जनाउँदै पत्रकारलाई निर्धक्क  रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण सुनिश्चित गर्न सरकार तथा सुरक्षा निकायसँग माग गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु