आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

रसुवा–भोटेकोशी बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग

बुधबार २४ भाद्र, २०८३ Bichar Batika 1201


रसुवा–भोटेकोशी बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग

भदौ  २४ काठमाडौं ,रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० लाख ६ सय ६५ रुपैयाँ आर्थिक  सहयोग गरेको छ।
संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको कम्पनी सचिव विनोदकुमार चौधरीले जानकारी दिए, संस्थाका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ।
कुल सहयोगमध्ये संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट १६ लाख रुपैयाँ र कर्मचारीबाट संकलित १४ लाख ६ सय ६५ रुपैयाँ रहेको छ।
संस्थाकी अध्यक्ष भगवती चौधरीले मुलुक विपत्तिमा परेका बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताइन्, उनले आर्थिक सहयोग राहत कोषमार्फत उपलब्ध गराइए पनि बाढीपीडितका लागि आवश्यक दैनिक उपभोग्य तथा अन्य जिन्सी सामग्री संस्था आफैंले वितरण गर्ने जानकारी दिइन्।
संस्थाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ, साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था फरवार्ड माइक्रोफाइनान्सले हाल ४० जिल्लाका १५९ शाखामार्फत विपन्न तथा गरिब समुदायका महिलालाई वित्तीय सेवा प्रदान गर्दै आएको छ, संस्थामा करिब २ लाख ८४ हजार ग्राहक सदस्य आबद्ध रहेको जनाइएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु