मंगलवार ३० भाद्र, २०८३
भदौ ३० ललितपुर ,श्री नेवाः सम्पर्क समूह रामेछाप र किष्ट अस्पतालबीच सदस्य तथा सदस्यका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई वर्षे सम्झौता भएको छ।
सम्झौताअनुसार सम्पर्क समूहका सदस्य तथा परिवारले किष्ट अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्, यसबाट सदस्य तथा परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र कम लागतमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा सम्पर्क समूहका तर्फबाट अध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष भीमबहादुर श्रेष्ठ, सचिव हिमाल श्रेष्ठ, पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठ (नवीन) र डा. इन्द्रकुमार श्रेष्ठ तथा किष्ट अस्पतालका तर्फबाट डाइरेक्टर रविन्द्र सिंह धानुक, जीएम साजन राजभण्डारी र ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर स्मिता बमले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले सदस्य तथा परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्,यस सम्झौताले समूहका सदस्य तथा सदस्यका परिवारलाई उपचारमा लाग्ने आर्थिक भार घटाउँदै आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
