बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

निर्देशक दीपेन्द्र के. खनालको ‘श्रीमान् श्रीमती’को छायांकन २३ दिनमै सकियो

बुधबार २८ आश्विन, २०८३ Bichar Batika 1098


निर्देशक दीपेन्द्र के. खनालको ‘श्रीमान् श्रीमती’को छायांकन २३ दिनमै सकियो

असोज २८, काठमाडौं । नेपाली फिल्मका निर्देशक दीपेन्द्र के. खनालले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन २३ दिनमै सम्पन्न गरेका छन्। छिटो छायांकन सकाउने निर्देशकका रूपमा चिनिने खनालले यस फिल्मको सम्पूर्ण दृश्य र दुईवटा गीतको छायांकन पूरा गर्दै सोमबार फिल्मको प्याकअप गरेका हुन्।
निर्देशक खनालले असोज ४ गतेदेखि गोप्य रूपमा फिल्मको छायांकन सुरु गरेका थिए। उनले १८ दिनमै गीतबाहेकका सम्पूर्ण दृश्यको छायांकन सकेका थिए। त्यसपछि पाँच दिन लगाएर दुईवटा गीतको छायांकन गरेसँगै फिल्मको छायांकन सम्पन्न भएको छ, दसैंको बिदा सकिएपछि फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्देशक खनालले जानकारी गराउनु भयाे ।
श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा आउने उतारचढावमा आधारित फिल्म ‘श्रीमान् श्रीमती’मा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन्। ‘धनपति’ र ‘क्याप्टेन साब’पछि खगेन्द्र र सुरक्षाले एकसाथ काम गर्न लागेको यो तेस्रो फिल्म हो।
दुवै कलाकार निर्देशक खनालका फिल्ममा नियमितजस्तै देखिँदै आएका छन्। ‘श्रीमान् श्रीमती’सहित खगेन्द्र र सुरक्षाले निर्देशक खनालसँग पाँचवटा फिल्ममा सहकार्य गरिसकेका छन्।
पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको फिल्मका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के. खनाल हुन्। फिल्ममा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक खनाल स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई महेश दवाडीले सघाएका छन्। करण श्रेष्ठ (क्रेजी) कार्यकारी निर्माता रहेको फिल्मको छायांकन कृष्ण बा. थापाले गरेका हुन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु