बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

समाज

ब्लाेदानकाे साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलाे दिन रक्तदान जनचेतना य्राली

जेठ २५ काठमाडौं ," रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔ ! जीवन बचाउने अभियानमा सहभागी हाैं!!" भन्ने  मुल नाराका साथ  विश्व रक्तदान दिवस २०२२ काे उपलक्ष्यमा ब्लड डाेनर्स एशाेसिएशन नेपाल ( ब्लाेदान) द्वारा आयाेजीत साप्ताहिक कार्यक्रम अन्तर्गत आज पहिलाे दिन रक्तदान जनचेतना य्राली स...

 सञ्चालनमा आयो कल सेन्टर

 जेष्ठ २३ काठमाडौं, काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । जेष्ठ १६मा बसेको महानगरको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलिदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्च...

सराेकार समाज गाेठगाउँकाे गहना हाे :- उप -प्रमुख कार्की

 जेठ २१ रामेछाप ,गाेठगाउँ सराेकार समाज द्वारा आयाेजित नव निर्वाचित जनप्रतिनिधि हरूलाई बधाई तथा सम्मान कार्यक्रमकाे प्रमुख अतिथि रामेछाप नगरपालिकाकाे उप-प्रमुख बाला कुमारी कार्की (थापा)ले गाेठगाउँ सराेकार समाज गाेठगाउँकाे गहना भएकाे कुरा बताउनु भएकाे छ।    उप-प्रमुख कार्कीले सरा...

१० रुपैयाँले घट्यो इन्धनको कर

जेष्ठ १८ काठमाडौं, डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोल लिटरमा १०/१० रुपैयाँको दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय जनाएको छ । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना  हुनेछ । कति छ इन्धनको कर मूल्यवृद्धि भएपछि...

बालेनले भेटे प्रधानसेनापति प्रभुराम शर्मालाई

 जेष्ठ १६ काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथ ग्रहण गरेलगत्तै बालेनले शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए । शर्मासँगको भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।

चुरे क्षेत्रको संरक्षणका लागि २ अर्ब १७ करोड बजेट

 जेष्ठ १५ काठमाडौं, सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि करिब २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आज आगामी आर्थिक वर्ष २०७९८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले नदी प्रणालीमा आधारित रहेर भू–क्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनर्स्थापना, बायोइन्जिन...

८३४ जनाको कैद सजाय माफी

जेष्ठ १४ काठमाडौं, सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८१८ जनाको बाँकी कैद सजाय भोलिदेखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५...

रामेछापको कार्कीले गरे सगरमाथाको सफल आरोहरण

जेठ १० रामेछाप ,रामेछाप जिल्ला खाडादेवि ५ मा २०५० साल असार २६ गते बुबा राम बहादुर।कार्की र आमा इन्द्रकला कार्कीको कोखबाट पहिलो सन्तानको रूपमा जन्मिनु भएको विक्रम कार्कीले विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहरण गर्नु भएको छ ।   कार्कीले २१ मे २०२२ बिहान ११.२५ मा सगरमाथाको चुचुरोमा पुग्न...

गोठगाउँ वडा कमिटीको अध्यक्षमा थापा  मनोनीत 

    जेठ ९ रामेछाप ,नेकपा एमाले रामेछाप न.पा. १ वडा कमिटी गोठगाउँको अध्यक्षमा संजय कुमार थापा सर्व सहमत मनोनीत हुनु भएको छ।   वडा कमिटी गोठगाउँले जेठ ८ गते वडा कमिटीको कार्यभार अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा ,रामेछाप जिल्ला कमिटी सदस्य बिमल कुमार कठायतको प्रमुख आतिथ्य...

देवताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी 

जेष्ठ ७ ,  बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी(जसपना) विजयी भएको छ । अध्यक्षमा जसपाको उदयप्रसाद यादव विजयी भएका छन् भने उपाध्यक्षमा सीतापती देवी यादव विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका...

बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार गुरुङ विजयी

जेष्ठ ४ काठमाडौं, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् । गुरुङले तेम्बा गुरुङ (माओवादी केन्द्र)लाई पराजित गरेका हुन् । तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।

बर्दिबास नगरपालिका–१३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित

जेष्ठ २, बर्दिबास नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंहले ४३३ मत ल्याएका छन् । भने नेकपा (एमाले)का उम्मेदवार मनिष समालले ४०२ मत ल्याएका छन् ।

 भोट हाल्न नागरिकता भएपनि हुने

बैशाख २८ काठमाडौं, यहि ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएकाहरु समेत मतदान गर्न पाउने व्यवस्था गरिएको बताएका छन् । हिजो निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्...

६ वटै महानगर हामीले जित्छौ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

बैशाख २७,  ६ वटै महानगरपालिकामा एमालेले जित्ने नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले दावी गरेका छन् । वीरगञ्जमा पार्टीले आयोजना गरेको आमसभामा बोल्दै उनले ६ वटै महानगरपालिकामा जित्ने दावी गरेका हुन् । देशभरि ६० प्रतिशत पालिकामा एमाले एक्लैले जित्ने दावी उनले गरे । राप्रपा नेपाल, लोसपासँग त...

काठमाडौंमा २७ गतदेखि मदिरा बिक्री वितरणमा गर्न नपाइने

बैशाख २५ काठमाडौं, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा यहि २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै  बैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री...

७७ जिल्लामै पुग्यो मतपत्र

 बैशाख २४ काठमाडौं, यही ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही बैशाख १३ गतेदेखि देशको विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ...

६ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक आज बस्यो 

बैशाख २०,  लुम्बिनी प्रदेश सभाको अधिवेशन ६ महिनापछि आज सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकोले प्रदेशसभाको बैठक ६ महिनापछि बसेको हो ।  संविधान अनुसार बैशाख ३० गते प्रदेशसभा वैठक बसेको ६ महिना पुग्दै थियो । त्यसअघि नै मंगलबार बसेको प्रदेशसभाको बैठक सुरु हुनासाथ विपक्षी नेकपा (एमा...

 १२ कक्षासम्म निःशुल्क शिक्षा दिने 

बैशाख १९, जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा (एमाले)ले आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले आज घोषणापत्र सार्वजनिक गरेका हुन् । उम्मेदवार रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक...

स्थानीय तहका निर्वाचन अधिकृतहरु फेरिए

बैशाख १८ काठमाडौं, स्थानीय तहका निर्वाचनका तीन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृतहरु फेरिएका निर्वाचन आयोगले बताएको छ । साम्सी गाउँपालिकका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निर...

टी–२० श्रृङ्खला : जिम्बाब्बे विरुद्ध नेपाली टिम घोषणा

बैशाख १७ काठमाडौं, जिम्बाब्बे ए टिमविरुद्ध भोलि सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ । आज सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छ ।  ने...