बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

समाज

water-energy nexus and sustainability of the ganges river basin

चैत २३ काठमाडौं, IUCNद्धारा आयोजित "water-energy nexus and sustainability of the ganges river basin" प्रोजेक्ट सम्पन्न भएको छ ।     मंगलबार ब्लू सांग्रिला होटलमा आयोजित यस प्रोजेक्टमा राष्ट्रिय योजना आयोग बिजु कुमार श्रेष्ठको उपस्थितिमा अन्य जलस्रोत विज्ञहरुले आफ्नो...

तीन दिने भ्रमण सकेर प्रधानमन्त्री देउवा फर्किए

 चैत २० काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमण सकेर आज साँझ फर्किंएका छन् । तीन दिने भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली पुगेका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गर्दै सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउ...

गोठगाउँ–काठमाडौं सम्पर्क मञ्चको अन्तरक्रियात्मक कार्यकर्ता भेला  सम्पन्न 

  चैत १९ काठमाडौं ,नेकपा एमाले गोठगाउँ–काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित अन्तरक्रियात्मक तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।  नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरीको प्रमुख आतिथ्यमा तथा रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्रीनको विषेश आतिथ...

हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल

चैत १९, जनकपुरधाम । बहुप्रतिक्षित नेपाली रेलको आज उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेर जनकपुर आएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको रा...

युवा व्यवसायी कार्कीले गरे दुई लाख बराबरको  सामाग्री सहयोग 

 चैत १८ रामेछाप ,नेकपा एमाले निकट युवा व्यवसायी रामेछाप –दुरागाउँ निवासी रामकाजी कार्कीले चैत १२ गते रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका आगलागी पिडित पाँच परिवारलाई दुई लाख बराबरको भान्छा कोठामा चाहिने सम्पूर्ण एक सेट सामाग्री सहयोग गर्नु भएको छ ।  नेकपा एमालेका केन्द्...

 ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली जाँदै

चैत १८ काठमाडौं, र्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।  प्रधानमन्त्री देउवा आज नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भारतीय भ्रमणका लागि राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । यस भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य...

शुभेक्षा अस्पताल सीतापाईलाको रक्तदान कार्यक्रम

कोभिड महामारी केही हदसम्म कमभए  सङ्गै स्वास्थ्य क्षेत्रमा रगत अभावको विद्यमान समस्यालाई मध्यनजर गर्दैे बुधवार शुभेक्षा ईन्टरनेशनल हस्पिटल, सीतापाईला मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “न बन्छ यो कलखारखाना मा, न बग्छ यो खोलानाला मा, हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान,...

सत्ता गठबन्धनको बैठक भोलि बस्दै

चैत १६ काठमाडौं, आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । भोलि हुन लागेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताएका...

दोलखा जिल्लाको उत्तरी भागमा एमाले प्रवेश गर्नेहरुको लहर

चैत १५, स्थानीय तहको चुनाव नजिकिएसँगै दोलखा जिल्लाको उत्तरी भागमा नेकपा (माओवादी) केन्द्र छोडेर नेकपा एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ ।  बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा माओवादी कम्युनिष्ट आन्दोलनबिरोधी गठबन्धनमा सहभागी हुने भएकोले पुराना र इमान्दार नेताहरु धमाधम एमाले रोज्न थालेका हुन...

कमिटीका अध्यक्ष यादव एमालेमा प्रवेश

चैत १४, काठमाडौँ । नेकपा (एकिकृत)समाजवादी बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव नेकपा (एमाले) प्रवेश गरेका छन ।  आज बिहान एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर यदावले एमाले प्रवेश गरेका हुन् । परवानीपुरको सिंगो कमिटीनै एमालेमा विलय गराउने घोषणा समेत यादवले गरेका छन । त...

म्यादी प्रहरी :एक लाख माग्दा तीन लाखले दिए आवेदन

चैत १३ काठमाडौं, बैशाख ३०मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् ।  चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन आह्वान गरेको एक लाख म्यादी प्रहरीका लागि झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए...

अगुवा कार्यकर्ताहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

  चैत १३ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क  मञ्च द्वारा आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ ।  नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडाल प्रमुख अतिथि तथा प्रशिक्षक साथै  स्थायी कमिटी सदस्य ,सम्पर्क समन्वय कमिट...

चीनद्धारा नेपाललाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण

चैत १२, चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त...

आउने आइतबार मतदाता नामावली सार्वजनिक हुने

 चैत ११ काठमाडौं, निर्वाचन आयोगले आउने आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ । मतदाता नामावली अध्यावधीकको कार्य सकिएको भन्दै सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आउने आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने बताएका छन् ।  

 सोझै सम्पर्क गर्दा तयार रहन निर्वाचन आयोगको निर्देशन

चैत ९ काठमाडौं, निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने लागेको स्थानीय तहको चुनावमा केही सहयोगको आवश्यक परेमा सबै तहका सरकार र निकायसँग सोझै सम्पर्क गर्नसक्ने रहेको भन्दै तयार रहन निर्देशन जारी गरेको छ । आज आयोगको निर्देशनबारे सबै स्थानीय तह, विभाग, आयोग, आयोजना, प्रतिष्ठान र समितिलाई परिपत्र गर्...

सहयोग गर्न अनुरोध गर्दै हायु परिवार 

चैत ८ काठमाडौं ,रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर मुगान निवासी चित्र बहादुर हायुको नातिनी ,बिष्णु बहादुर हायुको छोरी वर्ष २१ को कल्पना हायु बाथरोग सगै मुटु र मिर्गौलामा समेत समस्या देखिएर शरीरमा रक्त संचारमा समस्या आएपछि केहिदिन अघिदेखि वीर अस्पतालमा उपचार गराइ रहेको छ ।  उपचारको क्रममा...

स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको मापदण्डमा हेरफेर

चैत्र ७ काठमाडौं,  नेकपा (एमाले)ले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको मापदण्डमा हेरफेर गरेको छ ।  पोलिटब्यूरो बैठकमा आएका केही सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरेको हो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गु...

राजनीतिका अराजक पात्र हुन केपी ओली ः प्रदीप पौडेल

चैत ६ काठमाडौं , नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् । लमजुङको जिल्लाको मध्यनेपालमा आयोजित भएको एक कार्यक्रममा बोल्दै पौडेलले ओलीले दुई तिहाई मत पाएर सरकार चलाउने म्यान्डेट पाउँदा आफ्नै अहमताले अवसर गुमाएक...

रामेछाप –काठमाडौं सम्पर्क मञ्चको पहिलो बैठक सम्पन्न 

  चैत ५ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशन बाट निर्वाचित कमिटीको पहिलो बैठक मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा आज एवान क्याफे शंखमुलमा सम्पन्न भएको छ ।    नेकपा एमालेका केन्द्रीय सदस्य विद्यार्थी विभागका इन्चार्ज माधब ढुङ्गेलको प्र...

दुई वर्षपछि होली मनाउँदै विराटनगर

चैत ४, लगातार दुई वर्ष कोरोना महामारीका कारण सुनसान रहेको विराटनगरमा यस वर्ष विभिन्न कार्यक्रम गरी होली मनाइएको छ । फागु पूर्णिमा अर्थात होलीको अवसरमा विभिन्न सामाजिक संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरी होली मनाएका छन् ।  तराई जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।...