वैशाख १२, काठमाडौं । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर...
वैशाख १२, काठमाडौं । कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन नेकपा एमालेले मातहतका कमिटीलाई निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन नेकपा एमालेले निर्देशन दिएको हो ।...
वैशाख १०, काठमाडौं । फागुनभित्रै स्थानीय तहको चुनाव हुने प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । कोरोना महामारीबाट जोगिन र आमनागरिकल...
वैशाख १०, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरमा आउन रोक लगााएको छ । कोभिड–१९को दोस्रो लहर सुरु भएकोले भिडभाड गर्दा संक्रमण फैलिने त्रासले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपा...
वैशाख ९, काठमाडौं । भेरोसेल नामक कोरोना भाइरस विरुद्धको खोप ललितपुरको अल्का अस्पतालमा लगाउनेको भिड लागेको छ । कोरोना विरुद्धको दोस्रो डोजको खोप लगााउने खोप केन्द्र एउटा मात्र र त्यसमाथि अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको छ । अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो ड...
बैशाख ९, भक्तपुर । बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा दैनिक १० लाख लिटर मेलम्ची खानेपानी वितरण शुरु भएको छ । केही दिन भित्रै दैनिक ३० लाख लिटर खानेपानी वितरण शुरु हुनेछ । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीको संयुक्तरुपमा भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर...
वैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएकोले बुधबार धरहराको टुप्पोमा गजुर राखिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले भने,‘आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन...
वैशाख ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र मीरा खड्कासहितको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन...
बैशाख ८, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्नपूर्ण हिमाल आरोहण गरेर फर्केकी शर्मिला तामाङलाई भव्य स्वागतका साथ बधाई ज्ञापन गरिएको छ । शर्मिलासहित ६ जना नेपाली महिलाले एकैदिन अन्नपूर्ण हिमाल आरोहण गरे । ८ हजार मिटर अग्ला हिमालहरुमध्ये सबभन्दा जोखिमपूर्ण हिमालको रुपमा रहेको...
वैशाख ८, काठमाडौं । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि हाल चलनचल्तीमा रहेको चौथो संस्करणका कतारको मुद्रा नचल्ने बताएको छ । कतार सरकारले चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।...
बैशाख ७, बाँके । नोवेल कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले संक्रमितको संख्या पनि बढ्दै गएको छ । त्यसर्थ बाँकेमा लकडाउन गर्न सिफरिस भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भोली यसबारे निर्णय हुने बताए । उनले भने, ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको...
वैशाख ७, काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सरकारले लगाउन सुरु गरेको छ । वैशाख ७ देखि ११ गतेसम्म पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो । पहिलो मात्रामा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा.झल...
वैशाख ६, काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका साना बालबालिकाहरुलाई सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो वर्ष खाएकाहरुला...
वैशाख ५, काठमाडौं । कोरोना संक्रमण पछिल्लो २४ घण्टामा १०९६ जनामा देखिएको छ । ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेटिएका हुन् । काभिड संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५...
वैशाख ५, काठमाडौं । वैशाख भित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले संसदको अर्थ समितिको आइतबारको बैठकमा वैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् । उनले...
वैशाख ५, काठमाडौं । अब बिमा अभिकर्ताहरुलाई जीवन बिमा कम्पनीहरुले ऋण दिन नपाउने भएका छन् । बिमा गराएको आधारमा बिमा अभिकर्ताहरुलाई ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । एकैचोटी मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई पत्राचार नै गरेर बिमा अभिकर्ताहर...
वैशाख ३, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा दिउँसो एक्कासी असिना पानी परेको छ । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो समय मात्र वर्षा भएको छ । वर्षा भएको क्षेत्रमा पनि केही समय पछि नै घाम लागेको थियो । हावाहुरी र च...
वैशाख ३, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विद्यार्थी वा शिक्षकमा पुष्टि भएमा उक्त विद्यालय बन्द हुने काठमाडौं महानगरले निर्णय लिएको छ । एक साताका लागि संक्रमण पुष्टि भएका विद्यालय बन्द गर्न दिने निर्णय काठमाडौँ महानगरपालिकाले गरेको हो ।
वैशाख २, काठमाडौं । पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु काठमाडौं महानगरपालिकाले बन्द गरेको छ । ७–८ वर्षदेखि व्यवसायीहरुले सम्झौताविना नै महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो । महानगरको भवनमा विना सम्झौता नबस्न पटक&nda...
वैशाख २, भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमी क्षेत्रमा आज हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । खटमा मूल देवता राखी धिमेबाजाका साथ चिराग बाली प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर र फूलको बर्सातको साथ स्वागत गर्ने प्रचलन छ...