आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

समाज

भक्तपुरको बिस्केट जात्रामा रोक

चैत २३, काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेलामा यो वर्ष पनि स्थानीय प्रशासनले रोक लगाएको छ । कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीयले रोक लगाएको हो ।  रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको प्रमुख जिल्ला अध...

खान अयोग्य ७२ हजार किलो चिनी नष्ट गर्ने तयारी 

चैत २२, वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो अखाद्य चिनी प्रमाणित भएपछि नष्ट गर्ने भएको छ ।  राजस्व अनुसन्धान कार्यालय पथलैयाले लिलाम परियोजनका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गराएको थियो । जनकपुरबाट चिनी खानका लागि योग्य नभएको रिपोर्ट आएका...

एक हप्ता देखि नउठाइएको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइँदै         

चैत २०, काठमाडौं । फोहोर फाल्ने ठाउँको विवादले गर्दा एक हप्ता देखि नउठाइएको फोहोर शुक्रबारदेखि उठाइने भएको छ ।  सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गतेदेखि विभिन्न माग राख्दैसडकमा विरोध प्रदर्शन गरी फोहोर फाल्ने क्रममा अवरोध गर्दै...

आजबाट पेट्रोलियम डिलर्स एशोसिएसनको साधारणसभा सुरु हुँदै 

चैत २०, काठमाडौं । आजबाट राष्ट्रिय संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं साधारणसभा सुरु हुँदै छ । पेट्रोलियम व्यवसायीहरुको साधारणसभाले एशोसिएसनको नयाँ नेतृत्व पनि चयन गर्ने छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार बिहान सोल्टी होटलमा एशोसिएसनको साधारण सभाको...

ट्रायल पास गरेको १ वर्षसम्म स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड दिने तयारी

चैत १९, काठमाडौं । चालकले ट्रायल पास गरेको एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सरकारले छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ ।  एक वर्षका लागि विभागका महानिर्देशक नमराज घिमिरे क्विक रेस्पोन्स (क्यूआर) कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने बताउँछन् । &l...

चैत २० देखि भृकुटीमण्डपमा राष्ट्रपतिद्धारा मेलम्चीको पानी वितरण सुरु

चैत १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चैत २० गते अर्थात् शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् ।   भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक रुपमा सुरुआत गर...

नेपाल पत्रकार महासंघको चुनावमा ३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा उत्रिए 

चैत १८, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही चैत २५ गते हुने भएको छ । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्नका लागि उत्रिएका छन् । यो पालि महासंघको नेतृत्वका लागि मुख्यगरी सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको फरक&n...

आगामी साउन १ गतेदेखि वृद्धभत्ता बढ्छः प्रधानमन्त्री ओली

चैत १७, काठमाडौं । आगामी साउन १ गतेदेखि  सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । रिपोर्टस क्लबको मंगलबार भएको वार्षिक उत्सव कार्यक्रममा ओलीले बोल्दै साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

लामो रुट र ट्रान्जिटका कारण काठमाडौं–इस्लामावाद सिधा हवाइ उडानको प्रस्ताव

चैत १७, काठमाडौँ । नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका लागि दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको विचमा सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक सम्बन्धले पनि फड्को मार्ने...

दाङमा अनिश्चितकालका लागि सार्वजनिक यातायात सेवा ठप्प

चैत १७, घोराही । दाङमा लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि यातायात सेवा ठप्प पारेका छन् ।  उनीहरुलाई सहजतापूर्ण रुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने, योगदानमा आधारित सा...

रामेछापमा तीन वर्षमा धेरै बिकासका कामहरु भैसकेको छः मन्त्री ढुङ्गेल 

चैत १६, काठमाडौं । नेकपा एमाले मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढङ्गेलले आफ्नो तीन वर्षे कार्यकालमा रामेछाप जिल्लामा विकासका कामहरु धेरै सम्पन्न भैसकेको र केही छिट्टै सम्पन्न हुने क्रममा...

बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु 

चैत १६, काठमाडौं । राजधानीबासीको घर–घरको धारामा आइतबार दिउँसोबाट बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आएको छ ।  महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी आइतबार दिउँसो २ बजे वितरण प्रणालीमा पठाइएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल,...

आज होली पर्वमा सुरक्षा अपनाउन सरकारको आग्रह

चैत १५, काठमाडौं । आज होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेलि मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।                     हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व मनाइँदैछ । हिमाल र पहाडमा आज होली मनाइने भए...

मास्क प्रयोग नगर्नेलाई कारबाही 

चैत १३, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच शुक्रबार भएको छलफलमा कोरोना महामारीको जोखिमको रोकथाम तथा नियन्त्रणका लागि भनेर काठमाडौंमा सार्वजनिक यातायातमा चढ्दा अनिवार्य रुपमा मास्क प्रयोग...

३ महिना नबित्दै सिन्धुलीका एसपी तिम्सिना प्रधान कार्यलय तानिए 

चैत १३, काठमाडौं । जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) आभुषण तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नपुग्दै काजमा प्रधान कार्यलय तानिएका छन् ।  २१ पुसमा मात्रै तिम्सिनाको सरुवा भएको थियो । एसपी गोविन्द थपलियालाई उनको ठाउँमा पठाईएको छ । थपलिया सर्वोच्च अदालतको सुरक्षा...

काठमाडौं महानगरले सम्पदा क्षेत्रका पसल छिटो हटाउन पुरातत्व विभागलाई गर्यो आग्रह 

चैत १२, काठमाडौं । वसन्तपुर हुनमानढोका दरबारक्षेत्र वरिपरीमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनलाई हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत काठम...

कोरोनाविरुद्धको खोप निर्यातमा भारतले लगायो रोक 

चैत १२, काठमाडौं । नावेल कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप निर्यातमा भारतले अनिश्चितकालीन रोक लगाएको छ ।  अहिले दोस्रो चरणको लहर सुरु भएकोले भारतमा नै खोप आवश्यक हुने भन्दै अस्थायीरुपमा खोप निर्यातमा रोक लगाएको हो ।  बीबीसीका अनुसार अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर...

निगमको जहाज कोरोनाको खोप लिन चीन जाँदै

चैत १०, काठमाडौँ । सरकारले गरेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको आठ लाख खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । यही चैत १५ गते कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल...

नेपाल र बङ्गलादेशबीच ४ वटा विषयको सम्झौता

चैत १०, ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी र सकमक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा नेपाल र बङ्गलादेशबीच चारवटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । बङ्गलादेशको राष्ट्रपति कार्यालय बङ्गबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारीप...

शिक्षामन्त्रीले शिक्षक सेवा आयोगलाई दबाब दिएको भन्दै कांग्रेसको विरोध

चैत ९, काठमाडौँ । शिक्षामन्त्रीले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न समितिका अध्यक्ष तथा सदस्यलाई पटक–पटक दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक...