बिहीबार ८ फाल्गुन, २०७६ (Thursday February 20, 2020)

सम्पादकीय

मंगलवार १७ पुष, २०७५ सन्तोष परियार 1175

आजको समय आमसंचारको समय हो । आमसंचारका माध्यमहरुमा पनि नयाँ माध्यमहरु अझ सशक्त संचारका माध्यमहरु हुन् । आमसंचारका माध्यमहरुले संसारमा घटित घटनाहरुको सम्प्रेशण मात्र गर्दैनन्, समाज रुपान्तरणलाई आवश्यक विचारको उत्पादन र प्रशारणमा पनि महत्वपूर्ण भूमिका खेल्छन् । यति मात्र हैन, कु्नै पनि राष्ट्रको राजनीतिक तथा सामाजिक जीवनको व्यवस्थापनमा आमसंचारका माध्यमहरुले परिवर्तनकारी भूमिका खेल्छन् । हरेक समयका आप्mनै विचारहरु हुन्छन् । जुन समय सापेक्ष त हुन्छन् नै अझ भन्ने हो भने प्रगतिशील र अग्रगामी पनि हुन्छन् । विचारको विविधताले अन्ततः समाज रुपान्तरण र सभ्यता विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । मूलधारमा स्थापित विचार र मान्यताहरु मात्रै उत्कृष्ट र अन्तिम अवश्य होइनन् । किनभने मुलधारका पनि आप्mनै विविधखाले सिमाहरु हुने गर्छन् । तसर्थ, विद्युतीय विचार पृष्ठ, विचारवाटिकामा हामी मूलधारलगायत विभिन्न कारणले मूलधारमा अटाउन नसकेका विचारहरुको सम्प्रेशण गर्नेछौं । स्वतन्त्र विचारहरुले कुनै एक राजनीतिक पार्टी, घटना र व्यक्तिको पक्षपोषण अवश्य गर्दैनन् तर यसो भनिरहँदा यिनीहरु राजनीति, सामाजिक घटनाहरु र राष्ट्रको जीवनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुबाट निरपेक्ष पनि रहन सक्दैनन् । त्यसैले, विचारवाटिकामा हामी राजनीति, कुटनिती, अर्थनीति, शिक्षा, विकास र समाजजस्ता विषयमा विविधखाले विचारहरुको प्रशारण गर्नेछौं । आमसंचारका माध्यमहरुले कुनै पनि व्यक्तिको जीवन, समाज र समग्र राष्ट्रमा पार्ने गहिरो प्रभावको विषयमा हामी गम्भिर छौं । तसर्थ, हामी जिम्मेवार भएर विचारहरुको उत्पादन र सम्प्रेशण गर्नेछौं । मुलतः विचारवाटिका विचार पृष्ठ हो । त्यसैले हामी यसलाई विविधखाले वैकल्पिक विचारहरुको पृष्ठकोरुपमा विकास गर्नेछौं । यसो गरिरहँदा, हाम्रा केही आधारभूत मान्यताहरु छन्, ति हुन् – न्याय, स्वतन्त्रता, समृद्धि र शान्ति । अन्तमा, जनवरी १, सन् २०१९ बाट औपचारिक सुभारम्भ गरिएको विचारवाटिकालाई आप्mनै विचारको पृष्ठकारुपमा सम्झिएर यो विचार उत्पादन र प्रशारणमा सहभागी हुन सम्पूर्ण लेखक तथा चिन्तकहरुमा हार्दिक आव्हान गर्दछौं ।

     सन्तोष परियार




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु